कविता: मलाई बाच्न मन छ ‘गौतम सिद्धान्त’

मकवानपुर, हेटौंडा । आमा मलाई बाच्न मन छ
हो आमा म तिम्रो गर्व भित्रको सन्तान
जसलाई तिमि जन्माएर पाल्नेकि
या जन्मनु अगावै फाल्ने
दोधारमा छौ
म त तिम्रो आफ्नै अम्श हैन र
तिम्रो रगतको पिन्ड हैन र
तिमिले आजका दिन सम्म मलाई आफ्नो गर्भमा राख्न जति दुख गरेउ
ति भन्दा हजार गुणा दुख गर्भ भित्र मैले गरेको छु
तिम्रो आन्द्राहरुको भिडमा म अल्झिएको छु
अँध्यारो र सेपिलो घरमा म खुम्चिएको छु
मलाई तिमी संग बोल्न मन छ
मेरो पिडा खोल्न मन छ
अनि भनिदेउ आमा तिम्रो पति मेरो बा लाई
मलाई बाच्न मन्छ

आमा मलाई तिमि सँगै खेल्न मन थियो
तिमिले बुझेर होला सायद
तिम्रो गर्भ भित्र मरो सामुन्ने
मानब निर्मित खेलउना मलाई खोज्दै आएका छन्
एक थान सक्सन

म खेल्दै छु ति खेलउना सक्सन सँगै आमा
तिमिले गर्भ बाहिर आफ्ना हात डुलाउँदा जस्तो
मातृत्व महसुस भएको छैन मलाई
मलाई लुछ्दै चिमोट्दै यि खेलाउनाहरु मेरो सेरोफेरोमा डुल्दै छन्
हरेक मिनेटमा एक एक अंग निमोठेका छन् आमा
मलाई ई खेलउनाहरु सँग खेल्नु छैन आमा
भनिदे आमा ति सेता लुगा लागाएका भगवान रुपि
चिकित्सकलाई मलाई बाच्न मन छ

आमा अझै मेरो केहि अस्तु तिम्रो गर्भमा छुटेछ क्यारे
क्युरेटले ति अस्तु मेटाउदै छन
तर अफसोस आमा म सँगै तिम्रो पनि जिवन मेटिएको छ
ए सेता लुगा लगाउने भगवान रुपि चिकित्सक हो
म र मेरि आमा अब तिमिहरु सबै बनाउने त्यो भगवान सामु
एउटै भिक माग्छु
हे भगवान
या त हरेक नारिको गर्भधारण प्रकृया रोकियोस
कित मानव निर्मित दानब ति मेसिन हरुबाट गर्भ पतन

धन्यवाद……..

लेखक : गौतम सिद्धान्त
मकवानपुर ( हेटौडा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here