मुक्तक मञ्चको ८ औ अधिबेशन सम्पन्न: केन्द्रीय अध्यक्षमा पुर्ण रामजीप्रसाद आचार्य

पोखरा । मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा पुन रामजीप्रसाद आचार्य चयन भएका छन् । पहिलो कार्यकाल सफल रुपमा विताएका उनी दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षका लागि चयन भएका हुन् ।

मुक्तक मञ्चको आठौं अधिवेशन तथा १४ औं साधारणसभाबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह–सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका छन् ।
एक उपाध्यक्ष र पाँच सदस्य पछि थप्ने गरी २१ सदस्सीय समिति निर्माण भएको छ ।
यस अघि विभिन्न जिल्ला र विदेशका विभिन्न शाखाहरु निर्माण भएको थियो । आठौं अधिवेशन तथा १४ औं साधारणसभा पोखरामा शनिवार सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here