स्तन क्यान्सरका लक्षणहरु: यस्ता लक्षण्हरुलाई महिलाले खासै ध्यान दिएका हुँदैनन्

काठमाडौँ । स्तन क्यान्सर विश्वमा महिलाको ज्यान लिने प्रमुख क्यान्सर रोग हो । कतिपयमा वंशाणुगत र अन्य केहीलाई चाहिँ जीवनशैलीका कारण क्यान्सर रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार अस्वस्थकर जीवनयापन, बदलिँदो यौन जीवन तथा विभिन्न खाले औषधीहरुको प्रयोग जस्ता कारणले पनि स्तन क्यान्सरको प्रकोप बढिरहेको छ । यसको पहिचानमा हुने ढिलाईले महिला पीडा भोग्न बाध्य छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ ।

क्यान्सर रोग लाग्यो भनेर आत्तिनु हुँदैन । क्यान्सर रोग जितेर पुनर्जीवन पाएका थुप्रै उदाहरण छन् । बेलैमा पहिचान भयो भने क्यान्सर सहजै निको पार्न सकिन्छ ।

भारतमा हरेक आठ महिलामा एक जना यसप्रकारको क्यान्सबाट पीडित हुने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा पनि क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

त्यसैले क्यान्सरको समय मै परीक्षण गर्न चिकित्सकहरुको सल्लाह छ । स्वास्थ्य परीक्षणका साथै हरेक महिलाले यसका लक्षणहरुका बारेमा पनि जानकारी राख्नुपर्छ ।

आमरुपमा स्तनमा गाँठागुठी देखियो, अत्यधिक दुखाई महसुस भयो भने त्यो क्यान्सको लक्षण हुन सक्छ । तर यति मात्र होइन यसका साथै अरु थुप्रै लक्षणहरु पनि देखिन सक्छन् जुन कुरामा महिलाले खासै ध्यान दिएका हुँदैनन् । यहाँ हामीले बिभिन्न एजेन्सहीहरुको सहयोगमा त्यस्ता लक्षणहरु बारे बताउने प्रयास गरेका छाैँ ।

स्किनको टेक्सर वा रंगमा बदलाव आउनु
निप्पलको बाहिरी छाला उप्किनु वा खाटा बस्नु

स्तनमा गाँठागुठी देखिनु, अत्यधिक दुख्नु
दुबै स्तनको साइज बराबर नहुनु फरक पर्दै जानु

ब्रेस्ट मिल्क बाहेक अन्य पदार्थ बग्नु
स्तन को भित्री भागमा लगातार चिलाउनु वा असहज महसुस हुनु

माथिका लक्षणहरु पनि क्यान्सरका लक्षणहरु हुन सक्छन् । त्यसैले यस्ता कुनै प्रकारका लक्षणहरु देखिएको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा गई जेकजाँच गराउनुपर्छ । समय मै स्तन क्यान्सरको निदान भए उपचारपछि निको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here