किन काटिएको हुन्छ सिम कार्डको एउटा कुना ? 

काठमाडौं । तपाईँ हामीले मोबाइलमा राख्ने सिम (SIM) कार्डको पूरा नाम हो, सब्सक्राइबर आइडेन्टिफिकेसन मोड्युल । यो एउटा त्यस्तो इन्टिग्रेटेड सर्किट हो, जसले कार्ड अपरेटिङ सिस्टम (सीओएस) सञ्चालन गर्दछ ।

यसले अन्तर्राष्ट्रिय मोबाइल ग्राहक पहिचान (आईएमएसआई) नम्बर तथा त्यस सम्बन्धी अर्थात् साँचोलाई सुरक्षित रुपमा स्टोर गर्दछ । मोबाइल टेलिफोनी डिभाइस (मोबाइल उपकरण) मा ग्राहक पहिचान गर्न तथा प्रमाणिकरण गर्नका लागि यस्तो नम्बर तथा की प्रयोग गरिन्छ ।

मोबाइल फोनमा प्रयोग हुने सिम कार्डको चौडाइ २५ मिलिमिटर, लम्बाइ १५ मिलिमिटर र मोटाइ ०.७६ मिलिमिटर हुने गर्दछ । यदि तपाईँले सिम कार्डलाई राम्रोसँग नियाल्नु भयो भने एउटा कुना काटिएको हुन्छ ।

सबै सिम कार्डको एउटा कुना काट्नुको मुख्य उद्देश्य सिम कार्डलाई पिनको कन्ट्याक्टसँग सही तरिकाले स्थापित गर्नु हो । सिम कार्डको पिन नम्बर १ लाई मोबाइल फोनको सम्बन्धित पिनसँग सम्पर्क गराउनु पर्ने हुन्छ ।

काटिएको भागले मोबाइल फोनमा सिम कार्ड उपयुक्त स्थानमा राख्नका लागि एउटा निर्देशनको काम गर्दछ । यदि सिम कार्डमा एउटा कुना काटिएको हुन्थेन भने त्यसलाई मोबाइल फोनमा सही तरिकाले राख्न मुस्किल हुने थियो ।

त्यस्तै मोबाइल फोनमा सिम कार्ड उल्टोबाट राख्ने खतरा समेत रहिरहन्थ्यो । त्यसैले नै सिम कार्डको एउटा कुना काटिएको हुन्छ ।
तपाईँले मोबाइल फोनको सिम कार्ड ट्रे हेर्नु भयो भने त्यहाँ पनि सिम कार्ड सही तरिकाले राख्ने सङ्केत दिइएको हुन्छ । यसको अर्थ सिम कार्डको कुनाको आधारमा नै सिम ट्रेमा उचित स्थान बनाइएको हुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here