धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट बन्न सफल: प्रधानमन्त्री द्वारा पुरस्कार प्रदान

काठमाडौ । धादिङ जिल्लाको सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देश भरी बाटै उत्कृष्ट नगरपालिकाको रुपमा फेरि पुरस्कृत भएको छ । यश अघि पनि नगरपालिका उत्कृष्ट भैसकेको थियो । नेपाल नगरपालिका संघको आयोजनामा आइतबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका “संस्थागत विकास सेवा प्रवाह तथा सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन” विधामा उत्कृष्ट भै पुरस्कृत भएको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए । यस्तै पुरस्कृत हुने अन्य नगरपालिकाहरु, संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका, स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका, सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here