धनगढीको एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन किशोरीको उद्धार

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा छापा मारेको छ ।
बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो प्रहरीले उक्त बारमा छापा मारेको हो ।
रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । त्यहाँ बन्धक बनाएर राखेका तीन जना किशोरीको प्रहरीले उद्धार उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी प्रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here