अखिल क्रान्तिकारी धादिङको आयोजनामा एमसीसीको बिरोधमा मसाल जलुस प्रदर्सन

धादिङ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धादिङले गजुरी बजारमा एमसीसीको बिरोधमा मसाल जलुसको प्रदर्सन गरेको छ । सरकारले संसदमा एमसिसि टेबल गरेपछि अखिल (क्रान्तिकारी), वाइसीएल लगायत विभिन्न दल र र त्यस दलमा आबद्ध भाद्री संगठनहरुले देशैभर नाराबाजि लगायत आन्दोलनजरु गर्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एमसीसी संसदबाट पारित हुने बताएका छन् । संसद बैठकपछि प्रधानमन्त्री देउवाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका छन् । उनले भने ‘अब पास हुन्छ ।’
सरकारले आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । फागुन १२ देखि प्रस्तावमाथि बैठकमा छलफल सुरु हुने छ । अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here