मंङ्गोल नेसनल अर्गनाइजेसन द्वारा धादिङ निर्वाचन आयोगमा ज्ञापनपत्र पेश

धादिङ । आफ्नो पार्टीले पेश गरेको चुनाव चिन्ह निर्वाचन आयोग द्वारा रद्द गरेपछि मंङ्गोल नेसनल अर्गनाइजेसन धादिङ द्वारा सोमबार धादिङ निर्वाचन आयोगमा ज्ञापनपत्र पेश गरेको छ ।

स्थानीय तह निर्वाचन एन २०७३ को दफा २६ उपदफा ६ को नियम लागू गरि चुनाव चिन्ह नदिनु भन्नू लोकतन्त्रको मुल्यमान्यता बिपरित एबं बिभेदकारी कदम रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उक्त विभेदकारी ऐनलाई लागु गर्न भन्दा पनि निर्वाचन आयोगमा दल दर्ता गरि निर्वाचन प्रयोजनको लागि आयोगले प्रदान गरिएको निर्वाचन चिन्ह नै उपलब्ध गराई जनताले चाहेको दल र चुनाव चिन्ह रोज्न पाउने लोकतान्त्रिक अधिकारलाई मान्यता दिनुपर्ने माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here