प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, निलम्बनमा चाेलेन्द्र!

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग दर्तासँगै जबरा निलम्बनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here