गणेश तामाङ वाइबाको कविता ‘रास्ट्रघाती एम.सि.सि.’ धादिङ

नेता ज्यु नमस्कार

गर्नुस अब चमत्कार

रास्ट्रघाती एम.सि.सि.

गरिदिनुस पार,

किनकी भलाई यसैमा छ
हामी जनता बसुँला रोडमा
तपाईहरु रमाउनुस करोडमा

कोहि अमेरिका,
कोहि भारत,
कोहि अस्ट्रेलिया,
कोहि जापान जानुस
छपन्न अर्ब रुपैयाँ लिएर अनि किन्नुस्
शान्दार बङगला।

खैरेहरु आउछन यहाँ बन्दुक बोकेर,
कयौ चेलिहरु दिनानुदिन लुटिन्छ।
लाखौ छोराहरु मारिनेछन,
अनि रित्याउनेछन हजारौ आमाको काखहरु।

छिमेकीसङ्ग गर्नेछन भीषण युद्द
नेपाललाई बनाउनेछन रणभुमी र
यहि रणभुमीमा बलि हुनेछन अनगिन्ती
नेपाली बाबुहरु,
अनि नेपाललाई बनाउनेछन् अफगानिस्तान,
लिबिया र सिरिया जस्तै बम गोलीले क्षतबित्क्षत,
हो बेचिदिनुस् नेपाल र नेपालीको अस्तित्व
कमाउनुस् ईतिहास बेचेर
किनकी अर्को जुनि जन्म हुन्छ या हुन्न,
सबै नेताज्यु हरु मिल्नुस्,
यहि जुनिमा देश बेचेर कमाउनुस्,
रमाउनुस्,
जमाउनुस्,
हामीलाई छाडिदिनुस् अलपत्र पारेर,
टुलुटुलु हेर्नुस् हाम्रो विभत्स हत्या,
भोक र प्यासले प्याकप्याकती दृश्य,
गर्भबती आमाहरुको कारुणिक
रोदन र मृत्यु।
हामी यहीँ जन्मयौ, यहीँ हुर्क्यौं यहीँ मर्छौं
बेच्नुहोस् नेपाल कमाउनुस् अरबौ
पास गर्नुस् एम.सि.सि.।
रास्ट्रघाती एम. सि. सि.।।

गणेश तामाङ वाइबा
(ताल्ती धादिङ नेपाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here