नि.मा.बि. तहमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको बिज्ञापन खुल्यो

काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here