‘कबड्डी ४’ को टिजर सार्वजनिक; बैशाख २३ गते रिलिज हुने (भिडियो सहित)

काठमाडौ । चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । वैशाख २३ गतेबाट रिलिज हुने उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी ४’मा टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको निर्माण निमले जनाएको छ । शैलेन्द्र डी कार्कीको छायांकन र रहेको यस चलचित्रलाई निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here