इजरायल द्वारा अमेरिका सहित अन्य ९ रास्ट्रलाई प्रतिबन्धको घोषणा

जेरुसेलम, अन्तर्राष्ट्रिय खबर । इजरायल सरकारले अमेरिकामाथि प्रतिबन्ध लगाउने भएको छ। बढ्दो ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै सरकारले अमेरिका र इजरायलको यात्रामाथि प्रतिबन्ध लगाउने भएको हो। युरोप र अमेरिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएको भन्दै आफूले सो यात्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको इजरायल सरकारले बताएको छ।
नयाँ प्रतिबन्ध बुधबारदेखि लागू हुने बताइएको छ। इजरायलले अमेरिकासहित बेल्जियम, क्यानडा, जर्मनी, हंगेरी, इटाली, मोरोक्को, पोर्चुगल, स्विजरल्याण्ड र टर्कीको यात्रामाथि समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार ओमिक्रोन भेरियन्ट हालः संसारका ८९ मुलुकमा फैलिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here