इसीडीका शिक्षकलाई तोकेको तलब दिन स्थानीय तहलाई शिक्षा मन्त्री पौडेलको निर्देशन

मंसिर – २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसीडी शिक्षक) लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन् ।

‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ, ‘उनले भने, ‘सरकारले गरेको निर्णय कडाइपूर्ण गराउन स्थानीय तहलाई निर्देशन दिएका छौं ।’ देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि जानकारी दीए ।
‘देशका धेरै स्थानीयले सरकारको निर्णयअनुसार तलब दिएका छन्, उनले भने, ‘अन्य मन्त्रालयसँग समन्वय गरी परिपत्र गछौं ।’ यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याउने उल्लेख गरेको थियो ।
देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरैजसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको बताए । शिक्षक अस्पतालका डीपीआर तयार गरि छिटो ल्याउन समितिलाई निर्देशन दिएको भन्दै चाँडै अर्थमन्त्रालयबाट आवश्यक बजेट माग गर्ने बताए ।
‘मन्त्रालयले गर्न सक्ने विषयहरु हामीले खोजेर ल्याउँछौं, ‘उनले भने, ‘छोटो समयमा गर्न सक्ने काम अब रोकिँदैनन् ।’वार्ताका क्रममा मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्म निकाल्न निर्देशन दिएको बताउँदै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताए ।
शिक्षकहरुका मागमा आफू सकरात्मक रहेको बताउँदै मन्त्रालय, क्याबिनेट र संविधान संशोधन मार्फत टु्रंग्याउने विषयलाई टिपोर्ट गरि ल्याउन निर्देशन दिए । संघीय शिक्षा ऐन जारी गर्ने तयारी सरकारको रहेको भन्दै शिक्षकका समस्यालाई टिर्पोट गरि दिन उनले आग्रह गरे । ‘हामी भेटघाटमा भन्दा ठोस काम गर्नेमा लागेका छौं,’ उनले भने, ‘संघीय शिक्षा ऐन ल्याउँछौं त्यसमा तपाईंहरुको माग समावेश हुन्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here