नेत्रावती डबजाेङ्गमा दोस्रो प्रदिप स्मृति कप फुटबल प्रतियाेगिता आज देखि सुरु

धादिङ, मंसिर – २७ । नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. ४, सेल्लेमा “दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियाेगिता” आज देखि सुरु हुँदैछ ।

धादिङ्ग जिल्लाका कुल १९ टिमको सहभागिता रहेको यस खुल्ला फुटबल प्रतियोगिता अन्तरगत भाेली मंशिर २७ गते खेल उदघाटन हुने होराईजन सबाददाता अनिस तामाङले बताए । त्यसै गरि आज आयोजक छाेईलिङ्ग युवा क्लब (ए) र चरङ्गे टिम (बि) बिच खेल हुने बताए ।

छाेइलिङ युवा क्लबद्वारा आयाेजित यस फुटबल प्रतियोगिताकाे बिजेताले नगद रु ५०,०००/- ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु ३०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु ८,०००/- प्राप्त गर्ने साथै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक र उच्च गाेलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारकाे ब्यबस्था गरिएकाे र प्रतियाेगिताकाे फाईनल, समापन तथा पुरस्कार बितरण पाैष ४ गते हुने आयाेजकले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here