आदिबासी जनजाति(महिला) तर्फबाट केन्द्रीय सदस्यमा शान्ता कुमारी तामाङले सदस्यमा दर्ता गरेकी छिन

मंसिर – २५, धादिङ । नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्ता कुमारी तामाङले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा आदिबासी जनजातिको(महिला)तर्फबाट केन्द्रीय सदस्यमा दर्ता गरेकी छिन,

उनी जिल्ला प्रतिनिधिबाट सर्वसम्मत केन्द्रिय महासमिति जनजाति महिला सदस्यमा समेत निर्बिरोध निर्वाचित भएकी उनले, यो पटकको महाधिवेशनमा पनि जित्ने पक्का भएको उनले हाम्रा सम्बातालाई बताउनु भएकी थिइन।

यो भन्दा अघि पनि उनी नेपाली कांग्रेसको महासमिति सदस्य 2 पटक निर्वाचित भएकी ,उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्।खनियाबास -४ साबिक दार्खामा जन्मेकी उनी सफल राजनीतिज्ञ र सफल नायिका हुन।उनले यो पटकको महाधिवेशनमा आफुलाई मत गरी सही मतको प्रयोग गर्नु हुने बिश्वास पनि गरेकी छिन। भने उनले क्रम संख्य ३२ मा दर्ता गरेकी छिन।

नेपाली कांग्रेसलाई नयाँ ढंगले सञ्चालन गर्ने, सदृढ, एकीकृत, एवम बलियो कांग्रेस बनाउने, आम नागरिकमा कांग्रेसको गरिमालाई उच्च बनाउनका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
‘महाधिवेशनमा सहभागी भएका महासमिति सदस्यहरुले मलाई अत्यधिक मतले विजय गराउनु हुने छ भन्ने विश्वास लिएको छु,’ उनले भने-‘म सर्वाधिक मत ल्याएर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनेछु, ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here