अाेम थापाकाे उम्मेदवारी दर्ता भएसंगै मगर समुदायमा खुसी, बाजागाजा सहित भाेट माग्न निकाले -र्यालि ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा अाेम थापा मगरले उम्मेदवारी दर्ता गरेपछि मगर समुदायले खुसीयालि मनाउदै न‌ैमति बाजाका साथ थापालाई भाेट माग्न थालेका छन् ।

नेपाली काँग्रेसकाे केन्द्रीय समितिमा मगरहरूकाे प्रतिनिधित्व अहिलेसम्म नभएकाेले अाेम थापालाई जिताउन अाफुहरू लागि परेकाे धादिङबाट सरिता राना वेगनासी मगरले बताउनु भयाे ।

यधपी हिजाे पनि उद्वघाटन सत्र चल्दै गर्दा मगर युवा युवतिहरूले थापा मगरलाई जिताअाै भन्दै काैह्रा नाचगान सहित अाक्रमक प्रचारप्रसार गरेका थिए ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सभापति समेत रहेका थापामगर नवलपुर-२, बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here