अाेम घर्ती मगरकाे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, काैह्र नाचसँगै चुनावी प्रचार (फाेटाे सहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थलको उद्घाटन सत्र चल्दै गर्दा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा गरेका कांग्रेसका अर्का नेता ओम बहादुर घर्ती मगरकाे पक्षमा चुनावी प्रचारकाे माहाैलले धेरैकाे ध्यान खिच्याे ।

जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका मगरले समुदायको संस्कृति कौडा नाच प्रस्तुत गर्दै भोट मागिरहेका थिए । कांग्रेस महाधिवेशनका प्रतिनिधिहरूले धमाधम उम्मेदवारी घोषणा गर्दै आक्रामक प्रचार थालेका छन् ।

उद्घाटन सत्र चलिरहँदा उनको पक्षमा मगर युवायुवतीहरू उनका पक्षमा मत माग्दै नाचगान गरेका थिए ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सभापति समेत रहेका थापामगर नवलपुर-२, बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here