कांग्रेसको महाधिवेशनमा ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेपछि…

    
 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रधानमन्‍त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा ओलीले, ‘कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा…’ भनेका थिए।