नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया जारी

मंसिर – २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी रहेको छ। शनिबार बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ। 

अहिले उम्मेदवारले दर्ता फाराम लैजानेक्रम जारी छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पुरा भएको बताए। संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे। उनका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here