बहुगुणकारी बदाम खानुका ८ फाइदाहरू जानी राखौं !

बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको तुलनामा बदाम स्वादिलो त हुन्छ ।
यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।
यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ ।
बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ । यसबाहेक यो खानाले शरीरमा तागत पनि बढ्छ । यो भिटामिन ‘ई’ र भिटामिन ‘बी’ को पनि राम्रो स्रोत हो । यस्ता छन् बदाम खानुका फाइदाहरू:-
१. बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ ।
२. बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।
३. गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।
४. प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।
५. बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।
६. बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।
७. यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।
८. यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here