नेपाल मगर संघ , धादिङले प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम गर्ने

नेपाल मगर संघ धादिङको अायाेजनामा जनगणना सम्वन्धि प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम हुने भएकाे छ । मगर जातिहरूकाे धेरै थरहरू अन्य जातसंग मिल्न जाने भएकाे हुदा सहि तथ्यांक अाउन नसक्ने भएकाे कारण मगरहरूकाे सहि तथ्यांक निकाल्न टेवा पुर्याउने उदेश्यका साथ कार्यक्रम गर्न लागेकाे नेपाल मगर संघ , धादिङका सचिव ईश्वर थापा मगरले बताउनु भयाे ।

“राष्ट्रिय जनगणना २०७८ मगर गणना राष्ट्रिय अभियान ” अन्तगत धादिङ जिल्लामा यहि कर्तिक १३ गते कार्यक्रम हुन लागेकाे हाे । मेराे गणना । मेराे अधिकार । मगर गणना । हाम्राे सराेकार । भन्ने मुल नाराका साथ सुरू भएकाे अभियानले मगरहरूकाे सहि तथ्यांक निकाल्न सहयाेग पुर्याउने अभियान्ताहरूकाे विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here