काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप मंगलबारदेखि ३ दिनसम्म दिइँदै

काठमाडौँ । मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप  दिइने भएकाे छ । खोप कात्तिक ९ देखि ३ दिनसम्म दिइन लागिएकाे हाे ।

स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र विद्युतीय दर्ता अनिवार्य गर्न अनुरोध गरेको छ ।
खोप नेपाल प्रहरी अस्पताल महराजगञ्ज, विरन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल रत्नपार्क, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल बानेश्वरमा गएर लगाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here