विगत तीन दिनयता सुनको मूल्य निरन्तर उकालो

कार्तिक – ९ । विगत तीन दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि आइतबार ४ सय र सोमबार ३ सयले मूल्य बढेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदी भने हिजोकै मूल्यमा कारोबार भएको छ । प्रतितोला १ हजार २६५रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here