धादिङमा कार्तिक ११ गते देखी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने !

कार्तिक – ९ । धादिङमा यहि कात्तिक ११ गतेदेखी १८ गते सम्म टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।जिल्ला क्रिकेट संघ धादिङले आज पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गर्दै खेलको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।क्याप्टेन सहितको सहभागितामा संघले पत्रकार सम्मेलन गरेको हो। 
१४ टिम सहभागि हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्यक्ष दिपेश कडेलले खेललाई मर्यादित र अनुसाशित बनाउन टिम क्याप्टेहरुलाई आग्रह गर्नुभएको छ।जिल्ला क्रिकेट संघका सल्लाहकार देवराज घलानले खेल तालिका सार्वजनिक गर्नुभएको हो । यो पहिलो क्रिकेट प्रतियोगिता भएकोले प्रचार प्रसार गरेर सहयोग गर्न अध्यक्ष कडेलले आग्रह गर्नुभएको छ।
यस्तै १४ वटा टिमको सहभागितामा हुने क्रिकेटको लागि संघले आजै खेल तालिकासमेत सार्वजनिक गरेको छ । सार्वजनिक गरेको खेल तालिकाअनुसार कात्तिक ११ गते प्रतियोगिताको उद्घाटनमा २ सेट खेल खेलाइने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल बिहान १० बजेबाट शुरु हुने बताइएको छ । उद्घाटनमा हाम्रो जनहित युवा समाज र कारु मेमोरियल ट्रस्ट प्रतिस्पर्धा गर्नेछन् ।सोहि दिन हुने दोस्रो खेलमा धादिङ समाज धादिङ र गजुरी सामुदायिक विकास समाज प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई नगद ७० हजार र उपविजेतालाई नगद ४० हजारसहित पुरस्कृत गरिने बताइएको छ । चन्द्रोदय मावीको खेलमैदान, बेनिघाट रोराङ बिशालटारमा प्रतियोगिता हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here