नेकपा एकीकृत समाजबादी रुबिभ्याली वडा न. ५ र ६ को वडा अधिबेशन सम्पन्न

कार्तिक – ८ । नेकपा एकीकृत समाजबादी रुबिभ्याली गाउँपालिका वडा न ५ र ६ को वडा अधिबेशन सम्पन्न भएको छ ।

वडा न. ५ मा अध्यक्ष रेसेप तामाङको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । त्यसै गरि वडा न. ६ मा अध्यक्ष सन्त तामाङ को नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एकीकृत समाजबादिका जिल्ला उप-सचिव जिबन तामाङ, जिल्ला सदस्य एबं धादिङ काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष रेसम तामाङ, समाजसेवी एबं नेकपा एसका नेता राम तामाङ, जिल्ला सदस्य रिकमान तामाङ एबं युवा सघं धादिङका जिल्ला सदस्य समीर गुरुङ, राहुल तामाङ, समीर तामाङ लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here