मुस्ताङमा ‘कबड्डी ४’ को छायाँकन सुरु !

कार्तिक – ७ । फिल्म ‘कबड्डी ४, द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन शनिबारदेखि मुस्ताङबाट सुरु भएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको प्रै छायाँकन मुस्ताङको सेरोफेरोमा हुने बताए ।  फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने शनिबारबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम सिरिज हो । अघिल्ला तीन सिरिजको छायांँकन पनि मुस्ताङमै भएको थियो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय छ । गौमाया यसै फिल्म मार्फत डेब्यू गर्दैछिन् । यो पटक फिल्मको ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिने निर्माण युनिटले जनाएको छ । 

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका छन् ।  मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांँकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म आगामी नयाँ बर्षमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।

‘कबड्डी’ का तीनै सिरिजमा ‘मैयाँ’ पात्र पाउन पुरुष पात्रले गर्न संघर्षको कथा प्रस्तुत गरिएको थियाे । यो फिल्ममा त्यो कथाले विट मार्ने निर्देशकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here