नेकपा एमाले रसुवाको पाँच वटै पालिकाको २७ वटै वडामा अधिबेशन सम्पन्न ; नामावली सहित

    रसुवाका पाँच वटै गाउँपालिकाको २७ वटै वडामा नेकपा एमालेले प्रथम वडा अधिबेशन सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको अधिवेशनबाट २७ वटै वडामा निर्विरोध नेतृत्व चयन भएको रसुवा एमालेले जनाएको छ ।
    जसअनुसार ५ वटा वडा रहेको कालिका गाउँ पालिकाबाट क्रमश वडा नम्बर १ बाट आङ्तेम्पा तामाङ, वडा नम्बर २ बाट राम बहादुर श्रेष्ठ,वडा नम्बर ३ मा भरत प्रसाद न्यौपाने,वडा नम्बर ४ बाट अम्बिका पौडेल र वडा नम्बर को नेतृत्व हरि शरण पौडेलको काँधमा पुगेको छ ।
    यस्तै,६ वटा वडा रहेको गोसाइँकुण्ड गाउँ पालिकाबाट क्रमश बच्छु कैलाश तामाङ,पेमा दोर्जे घले,जिम्बा गुरुङ,सोनाम साङ्बु तामाङ,दावा तामाङ र ङानेन घलेको अध्यक्षमा चयन भएका छन् ।
    यस्तै ५ वटा वडा रहेको उत्तरगया गाउँ पालिकाबाट क्रमश बुद्धि बहादुर तामाङ,भोज बहादुर तामाङ,बिष्णु बहादुर गुरुङ,प्रताप सिं ब्लुन र बिनोद आचार्य अध्यक्षमा चयन भएको नेकपा एमाले रसुवाले जनाएको छ ।
    यस्तै,६ वटा वडा रहेको नौकुण्ड गाउँ पालिकाबाट क्रमश लक्षिन नुर्पु तामाङ,गणेशमान लामा,नोकेन्द्र देब मोक्तान,दीर्घ सिंह वाइबा,शरद गुरुङ,यो नुर्पु तामाङको अध्यक्षतामा वडा कमिटि निर्विरोध चयन भएको छ ।
    यस्तै ५ वटा वडा रहेको आमाछोदिङ्मो गाउँ पालिकाबाट क्रमश साङ लामा,सुमन तामाङ,मारलामा तामाङ,बिरेन्द्र घले,सुरेश तामाङ अध्यक्षमा चयन भएका छन् । शनिवार मात्र नेकपा एमालेले एकै साथ देशभरका ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । अधिकांश वडा कमिटीमामा निर्विरोध नेतृत्व चयन भएको छ । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।
    कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ६ हजार ७४३ वडा रहेका छन् । बाढी, पहिरोका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने पार्टी सचिव शेरबहादुर तमाङले जानकारी दिएका छन् । एमालेले आगामी कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here