आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस ; नेपालमा यसका न्यूनीकरणका प्रयासहरु

असोज – ३१ । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरु गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।

नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।
नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बौ रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने गरिबी घट्न सकेको छैन ।
सन् १९९६ मा नेपालको जनसंख्याको करिब ४२ प्रतिशत गरीब रहेकोमा २०१९ मा १८ दशमलव ७ प्रतिशतमा झरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here