नेकपा एकीकृत समाजवादी द्वारा केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनको बाडफाड

असोज – ३१, काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनको टुंगो लगाएको छ। असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी  गठन गरेको हो। पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ।

यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।  प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here