मोदीको तस्बिर राखेर भाइरल बनाइएको पोस्टको “न्युयोर्क टाइम्स” द्वारा खण्डन

असोज – १३ । सामाजिक सञ्जालमा भाइरल बनाइएको मोदीको तस्बिरसहितको सामग्रीको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले खण्डन गरेको छ । 

सेप्टेम्बर २६ को मिति राखेर न्युयोर्क टाइम्सको अग्रपृष्ठमा मोदीलाई ‘धरतीका अन्तिम आशा’ भनेर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । मोदीसमर्थक केही समूहबाट उक्त फोटोसप गरिएको सामग्रीलाई वास्तविक भन्दै फेसबुक, ट्विटर, ह्वाट्स एपजस्ता प्लेटफर्ममा पोस्ट गरिएको थियो ।
तस्बिर र हेडलाइनसहित फोटोसप गरिएको उक्त फेक पोस्टमा मोदी ‘विश्वकै शक्तिशाली नेता’ भएको उल्लेख गरिएको थियो । मोदीबारे भाइरल भएको उक्त सामग्रीबारे यसअघि नै भारतीय सञ्चारमाध्यमले तथ्यजाँच गरिसकेका छन् । न्युयोर्क टाइम्सले पनि आज यो पूर्ण रुपमा तोडमोड गरिएको तस्बिर भएको बताएको हो । न्युयोर्क टाइम्सको कम्युनिकेसन विभागले भनेको छ, ‘यो पूर्ण रूपमा गलत तस्बिर हो ।’

त्यस्तै मोदीजी भनेर सम्बोधन गरिनुका साथै नामको अगाडि ‘हिज हाइनेस’ लेखिएको छ । यस्तो सम्बोधन अखबारी भाषामा प्रयोगमा आउँदैन, अर्को कुरा प्रधानमन्त्रीलाई ‘हिज हाइनेस’ होइन, ‘अनरेबल’ भनेर सम्बोधन गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here