राम बहादुर भण्डारी माओवादी केन्द्र धादिङको सह–इन्चार्जमा चयन

धादिङ- नेकपा(माओवादी केन्द्र) धादिङको सह–इन्चार्जमा राम बहादुर भण्डारी चयन हुनुभएको छ । माओवादी केन्द्र बागमती प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले भण्डारीलाई धादिङ जिल्ला सह–इन्चार्ज बनाउने निर्णय गरेको हो ।
भण्डारी माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य समेत हुन् । जनयुद्धको क्रममा तत्कालीन सेनाको आक्रमणमा परेका भण्डारीका जनयुद्धकै क्रममा दुई छोरा समेत बेपत्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here