नेत्रावती डबजोङमा पहिलो पटक अखिल (क्रान्तिकारी) को पालिका कमिटी गठन

    
 

धादिङ, भदौ- १९, अखिल क्रान्तिकारी नेत्रावती डबजोङ गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा विजय तामाङ चयन हुनुभएको छ ।

शनिबार भएको गाउँपालिका स्तरीय प्रथम सम्मेलनले तामाङकोको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको हो । जसको सचिवमा सर्मिला तामाङ र कोषाध्यक्षमा ऋितु तामाङ निर्वाचित हुनभएको हो ।

अखिल क्रान्तिकारी नेत्रावती डबजोङ गाउँपालिका इन्चार्ज नीर तामाङको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा(माओवादी केन्द्र) नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल क्रान्तिकारी धादिङका इन्चार्ज बिमल तामाङ, अखिल क्रान्तिकारी धादिङ निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज गजेन्द्र गुरुङ, वाइसिएल धादिङका सचिवालय सदस्य राजन लम्साल, तामाङ पत्रकार सघं धादिङका सह – सचीव सुर्य तामाङ, होराईजन खबरका सम्बादाता सृजना गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।