माधव नेपालले पार्टीको नाम अर्को पार्टी सगं मिल्दोजुल्दो भए पछि शुक्रवार फेरी नयाँ नाम दर्ता गरे

काठमाडौ । नेकपा एमालेवाट विभाजन भएपछि माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेका छन् । उनले बुधवार एमाले(समाजवादी) दर्ता गरेका थिए । तर यो नाम अन्य पार्टीको नामसंग मिल्दोजुल्दो भएपछि फेरी अर्को नाम जुराएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफ्नो पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राख्न प्रस्ताव गरेका छन्।
माधव नेपालले आफ्नो पार्टीको नामको अगाडी एमाले राखेका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विरोध गरेका थिए । शुक्रबार नेपाल पक्षले पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ। नेपाल पक्षको निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

यसअघि नेपाल पक्षले २ भदौमा नेकपा (एमाले समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएको थियो। त्यो नाम नेकपा एमाले सँग मिल्दोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम दिन सूचना दिएको थियो।
पार्टीको चुनाव चिन्हमा पनि विवाद भएको छ । नेपालको पार्टीले प्रस्ताव गरेको खुला किताव यस अघि नै अन्य दलले आफ्नो चुनाव चिन्हका रुपमा दर्ता गरिसकेका कारण विवाद उत्पन्न भएको हो ।
यससँगै जसपासँग मिल्दोजुल्दो नाम भएपछि महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नाम फेर्ने भएका छन्। त्यसका लागि ठाकुर पक्षका नेता निर्वाचन आयोग पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here