विहिबार धादिङमा ७ जना कोरोना संक्रमित थप , निको हुने ५५ जना

धादिङ – ४, भदौ, धादिङमा कोरोना संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा धादिङमा ७ जनामा कोरोना पुष्टि भएको छ भने निको हुनेको संख्या ५५ रहेको छ । बिहिबार थपिएका सङ्क्रमितहरुमा धुनिबेसिमा १, बेनिघाटमा २ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय १५ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ९ र होम आइसोलेसनमा २ सय ६ जना रहेका छन् । सिद्धलेकमा आज १० जनामा स्वाब संकलन भएको छ । १ सय ८ एनटीजेन परिक्षण मध्ये ७ जनामा पोजिटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here