शनिबार धादिङमा बिजुली सेवा अबरुद्ध हुने

धादिङ, भदौ – ४, धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै नुवाकोटको बेलकोटगढी नगरपालिका महादेवफाट स्थित ३३ केभी प्रशारण लाईनको पोल रहेको स्थानमा पहिरो गई पोल ढल्न अवस्थामा रहेकोले उक्त स्थानमा मर्मत कार्य गर्नुपर्ने भएकाले देवीघाट पावर हाउसको सबस्टेशनबाट धादिङ आाएको ३३ केभी प्रशारण लाइन भोलि शनिबार मौसम अनुकुल रहेमा बिहान ७ बजेदेखी अपरान्ह ४ बजेसम्म सटडाउन हुने जनाएको छ।
उक्त समयमा धादिङको ३३/११ जहरे धादिङबेशी र  सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण ११ के.भी फिडरहरु बन्द हुने भएकाले थाक्रे, गल्छी,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here