अखिल ( क्रान्तिकारी ) जिल्ला समितिको दोश्रो बिस्तारीत बैठक सम्पन्न

धादिङ , ५ – भदौ , अखिल ( क्रान्तिकारी ) जिल्ला कार्य समिति धादिङको दोस्रो बिस्तारीत बैठक सम्पन्न भएको छ । बैठकले केन्द्रको निर्देशन अनुसार भदौ महिना भित्र जिल्ला अधिबेशन गर्ने गरि आवस्यक छलफल र तयारी गरिएको अखिल क्रान्तिकारी जिल्ला सदस्य श्रीकृष्ण रिजाले बताए ।

उक्त कार्यक्रमको अध्यक्षतामा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक उपेन्द्र जम्मकटेल , प्रमुख अतिथिमा नेकपा माओवादी जिल्ला अध्यक्ष बिजय बुर्ल्लाकोटि साथै विशेष अतिथिमा अखिल (क्रान्तिकारी ) जिल्ला इन्चार्ज एबं केन्द्रीय सदस्य बिमल तामाङ लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुर्ल्लाकोटिले पार्टीलाई फेरि २०६४ को चुनाव कै अबस्थामा ल्याई पहिलो नम्बरको पार्टी बनाउने जस्को निम्ति अखिल ( क्रान्तिकारी ) धादिङले पनि महत्त्वपुर्ण र रचनात्मक भुमिका खेल्नु पर्ने बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here