अखिल (क्रान्तिकारी) धादिङका इन्चार्ज बिमल तामाङले पार्टी भवन बनाउन ३१ हजार सहयोग गर्ने घोषणा

धादिङ, नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी सगंठन अखिल (क्रान्तिकारी) धादिङका इन्चार्ज एबं केन्द्रिय सदस्य बिमल तामाङले नेकपा माओवादी ( केन्द्र ) धादिङको जिल्ला पार्टी कार्यालय भवन बनाउन ३१ हजार १ सय १ रुपैया सहयोग गर्ने घोषणा गरेका छन ।

आजको अखिल ( क्रान्तिकारी ) जिल्ला समितिको दोश्रो बिस्तारीत बैठकमा सम्बोधन गर्दै अबको एक दुई हप्ता भित्र एक विशेष कार्यक्रमको साथ जिल्ला पार्टीलाई उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेको होराईजन सम्बादाता श्रीकृष्ण रिजालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here