नुवाकोटमा भदौ १० गतेसम्म निषेधाज्ञा थप

    नुवाकोटमा भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । कोभिड १९ को संक्रमित र मृत्यु दर बढेपछि जिल्लामा निषेधाज्ञा थपिएको हो ।सोमबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो । त्यसको बर्खिलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्यवस्तु, तरकारी खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि आग्रह गरिएको छ । मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णयअनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय संक्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा गर्न पाउने व्यवस्था छ ।
    नुवाकोटमा वैशाख २१ गतेबाट निषेधाज्ञा लगाउने थालिएको हो । सोमबारसम्म नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सक्रिय संक्रमितको भने संख्या ६ सय ३ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here