अफगानिस्तानबाट नेपालीको उद्धारका लागि सरकार गम्भीर : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ । प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here