अफगानिस्तानको काबुलबाट उद्धार गरिएका ११८ नेपाली काठमाडौ आइपुगे

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको अधिकारीहरूले बताएका छन्।

उनीहरूलाई अहिले नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बीबीसीलाई बताए।

अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेको बताइन्छ।

परराष्ट्र मन्त्रालयले उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेको जनाएको छ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारलाई आफूले प्राथमिकतामा राखेको भन्दै त्यसका लागि परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here