नेपाली कांग्रेसले १४ औ महाधिवेशनकाे नयाँ कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसले १४ औ महाधिवेशनकाे नयाँ कार्यतालिका ताेकेकाे छ । यस अघि ताेकिएकाे समयमा महाधिवेशन नभए पछि नयाँ तालिका सार्वजनिक गरेकाे हाे । काँग्रेस बैठकले १४ औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले वडा तहको अधिवेशन भदौ १८ मा गर्ने भएको छ । काँग्रेसले भदौ २ सम्ममा क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । १८ भदौमा वडा अधिवेशन सकेर गाउँ तथा नगर अधिवेशन २७ भदौमा तोकेको छ ।

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/ ५/२७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला: २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय महाधिवेशन २०७८/८/ ९-१३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here