नेकपा एमाले गङ्गाजमुना गाउँपालिका – काठमाडौ सम्पर्क मञ्च गठन सम्पन्न !

काठमाडौ, साउन – ३० , नेकपा एमाले गङ्गाजमुना गाउँपालिका – काठमाडौ सम्पर्क मञ्च, काठमाडौमा एक विशेष कार्यक्रमको साथ गठन सम्पन्न भएको छ ।

उक्त सम्पर्क मञ्चका अध्यक्षमा गोपाल श्रेष्ठ, उपाध्यक्षमा कृष्ण पन्त, सचिवमा जित कुमार सिम्खडा, उप-सचिवमा निश्चल खत्री त्यसैगरी कोषाध्यक्षमा ईन्दिरा घले लगायत २९ सदस्यीय कार्यसमितिको गठन गरिएको नेकपा एमाले जनजाती महासंघ केन्द्रीय सदस्य एबं सभासद धन बहादुर घलेले बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष चित्र बहादुर कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रिय सदस्य , एवम् नेकपा एमाले बागमती प्रदेश सचिव, सघिय सासंद खेप प्रसाद लोहनी , विशेष अतिथिमा एमाले बागमती प्रदेश सचिबालय सदस्य एवम् बागमती प्रदेश सामाजिक बिकास राज्य मन्त्री डा. रामकुमार अधिकारी, त्यसै गरि विशेष अतिथि मै एमाले जनजाती महासंघ केन्द्रीय सदस्य एबं सभासद धन बहादुर घले लगायत ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

उक्त भेलाले, एमाले एकीकरणमा जोड दिदै, सिङ्गो देश र संविधानको रक्षाका निम्ति एकता आवस्यकता रहेकोले आगामी दिनमा गङ्गाजमुना गाउँपालिका लगायत सिङ्गो देशको पार्टी एकताको लागि विशेष भुमिका खेल्ने निर्णय सहित सम्पन्न भएको नेकपा एमाले जनजाती महासंघ केन्द्रीय सदस्य एबं सभासद धन बहादुर घलेले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here