अफगानिस्तानको राजधानी काबुल पुगे तालिबानका लडाकू

तालिबानका लडाकू राजधानी काबुलमा प्रवेश गरिरहेका छन् । समाचार एजेन्सी एफपीले काबुलमा बस्ने केही मानिसहरुलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । 

एक दिन अघि मात्रै तालिबानले देशको पूर्वमा रहेको अहम शहर जलालाबादमाथि कुनै संघर्ष बिना नै कब्जा गरेको थियो । यो शहर काबुलभन्दा केही घण्टा मात्रै टाढा छ । 

समाचार एजेन्सी एपीका अनुसार तालिबानले आफूले शक्तिको प्रयोग नगरीकनै काबुलमाथि नियन्त्रण गर्न चाहेको बताएको छ । 

आइतबार जारी एक बयानमा तालिबानले उसका लडाकू अब काबुल शहरको बाहिरी इलाकासम्म पुगिरहेको बताएको थियो । 
तालिबानले आफ्नो लडाकूलाई राजधानीमा हिंसाबाट बच्न र त्यहाँबाट जान चाहनेहरुलाई शान्तिपूर्वक जान दिन भनेको छ । 

बीबीसी संवाददाता यल्दा हाकिमले राजधानीमा तालिबानले कुनै प्रकारको संघर्षको सामना गर्नु नपरेको जानकारी दिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here