असोज ८-१० मा २२ औ राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) को निर्णय

काठमाडौ, साउन – ३१, नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा सम्मेलन गर्नेगरी निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । 

त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । यस्तै सबै तहका भेला तथा सम्मेलनहरू सहमतिको आधारमा गरिने संगठनको निर्णय छ । 

बैठकले राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उपसमिति समेत बनाएको अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।  बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराइएकाले पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here