गायक सन्दिप स्याम्चेन हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट पाँच मनोनयनमा ।

म्हेन्दोमाया कलाकार संघ धादिङको जिल्ला अध्यक्ष एवम राष्ट्रिय लोक तथा दोहोरो गीत प्रतिस्ठान नेपाल धादिङका सदस्य सन्दिप स्याम्चेन तामाङको गीत ‘झार्लाङ कोर्परी हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको चौथो संस्करणको उत्कृष्ट पाँचमा छानिएको छ ।

हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको चौथो संस्करणको लागि सन्दिपको ‘झार्लाङ कोर्परी’ मनोनयनमा छनोट भएको हो ।सुर्यलाल तामाङको पहिलो कोसेली यस ‘झार्लाङ कोर्परी’ मा स्वर सन्दिप स्याम्चेन तामाङ र उपस्ना फ्युवाको रहेको छ उनी संगै उत्कृष्ट ५ मा पर्ने अन्य गीतहरुमा राइजिङ रमेश गोम्जाको लस्सो फ्याफुल्ला, आरबी लामा वाङ्देनको म्हेन्दो ज्यावा पाटोला, विकास लामाको किम्ताङ्ग नाम्साई, रेसा तामाङको ल्होस्सो साली रहेका छन् । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक बर्ष (अवार्ड ) कार्यक्रम आयोजना गर्दै आइरहेको यस कार्यक्रम सन २०१८ मा मलेसिया १०१९ मा कतार २०२० मा यु ए इ र काठमाडौं मा सम्पन्न गरिसकेका छन् ।नेपाल टेलिकमको प्रमुख प्रायोजनमा स्वास्थ मापदण्डको पूर्ण पालना गरि आगामी भाद्र महिनाको पहिलो हप्ता काठमाडौमा आयोजना हुन गइरहेको यस संस्करण लाई भुगर्भ सिमेन्ट जनजाति महासंघ अमेरिका एन आर एन टर्की लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोग र समर्थन रहेको आयोजक संस्था हिमालयन नेपाली ईभेन्टसले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here