आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै

आज साउन २२ गते, शुक्रबार देखि साउन २४ गतेसम्म नेपालका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ ।
गत असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो। सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो। 
आजबाट सुरु हुने अभियानमा  पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई  दोस्रो डोज खोप दिइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ।
खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here