स्वास्थ्य कार्यालय धादिङका अनुसार ४८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा बिहिबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा निलकण्ठमा ६, धुनिबेसीमा ६, गल्छीमा २, गजुरीमा ४, ज्वालामुखिमा ४, त्रिपुरासुन्दरीमा ६, थाक्रेमा १ र धादिङ्ग हस्पिटलमा १८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आज २४ जना डिस्चार्ज भएसँगै जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । हाल जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ७२ रहेका छन्। आज गंगाजमुनामा १८ स्वाब संकलन भएको छ । २ सय २९ एनटीजेन परिक्षण मध्ये ४८ जनामा पोजिटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here