नुवाकोटमा श्रमिकहरुको ज्याला वृद्धि , आर्थिक बर्ष ७८-७९ को लागि नया ज्याला निर्धारण

    चालू आर्थिक वर्ष २०७८-७९ को लागि  जिल्ला प्रशासन कार्यालय नुवाकोटले श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ ।

    श्रमिक सङ्गठन,   निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकासित ज्यालादर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरुको उपलव्धतालाई समेत आधार मानेर श्रमिकहरुको ज्याला दर निर्धारण गरेको जनाएको छ ।

    निर्धारण गरिएको दररेटअनुसार दक्ष कामदार अन्तर्गतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ भने गत वर्ष १ हजार २ सय रुपैयाँ तोकिएको थियो । गत आर्थिक वर्षको तुलनामा नयाँ आर्थिक वर्ष २०७८-७९ को लागि ५ रुपैयाँ वृद्धि भएको हो । यस्तै, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकार, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार ५० रुपैयाँ तोकिएको छ ।

    अर्ददक्ष कामदाले प्रतिदिन प्रतिव्यक्ति ८ सय रुपैयाँ, अदक्ष कामदारअन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर लगायतलाई ७ सय ६५ रुपैयाँ, मौसम रेकर्डरलाई ५ सय २५ रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ५ सय ५ रुपैयाँ, निर्माण सुपरभाइजरलाई ६ सय ९० रुपैयाँ, निर्माण सुपर भाइजर प्राविधिकलाई ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

    नयाँ दररेटअनुसार लाइट ड्राइभरले ६ सय ९५ रुपैयाँ, प्याच वकरलाई ६ सय रुपैयाँ, लेन्थ कवर सुपरभाइजरले ६ सय ७० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ६५ रुपैयाँ ज्याला पाउनेछन् ।

    श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here