अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ ।

सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

अञ्जुली अन्लाईन “स्थानीय देखि अन्तर्राष्ट्रिय सम्म सबै खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here